सिरहा नगरपालिकाले निस्सा प्रमाण पत्र वितरण गर्दै

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS
बद्री नारायण यादव

सिरहा,१० फागुन। सुकुम्बासी तथा अव्यवस्थित बसोवासलाई लक्षित गरेर सिरहा नगरपालिका १ ले पालिकाभरीमै जग्गाको निस्सा प्रमाण पत्र वितरण गर्ने पहिलो भएको छ। १ नम्वर वडा कार्यालयले राष्ट्रिय भुमि आयोजसँग समन्वय गरी एक कार्यक्रमको आयोजना गरी जग्गाको निस्सा प्रमाण पत्र वितरण गरेको हो।

सिरहा नगरपालिकाका नगरप्रमुख डा नविन यादव, प्रमुख प्रशासकिय अधिकृत बलिराम यादव, राष्ट्रिय भुमि आयोगका सिरहा अध्यक्ष रामअधिन यादव लगायतका व्यक्तिहरुको रोहवरमा १ नँम्वर वडाभरीका १५ भुमिहिन सुकुम्बासी, २३ भुमिहिन दलित र ४ अव्यवस्थित बसोवास गरी ४१ जनालाई जग्गाको निस्सा प्रमाणपत्र वितरण गराइएको वडा सचिव दिल कुमार महतोले बताए ।

हरेक नागरिकको गाँस, बास, शिक्षा र स्वास्थ्यको प्रत्याभुति दिनुपर्ने सरकारको दायित्व रहेको औल्याउदै नगरप्रमुख यादवले भने,‘सोही अवधारणा अनुसार वडाले थालेको निस्सा प्रमाणपत्र वितरण कार्य स्वागत योग्य रहेको छ ।’ वडाले निस्सा प्रमाणपत्र वितरण गर्न देखाएको चासो जस्तै अरु वडाले त्यसको सिको गर्नुपर्ने उनले औंल्याए।

वडाको विकास र व्यवस्थापनसँगै निस्सा प्रमाणपत्र वितरण कार्यले नगरको प्रशासनिक कार्यलाई समेत सघाउ पु¥याएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । उनका अनुसार वडा कार्यालयले देखाएको प्रयास र गरेको उपलब्धीलाई सिको गरेर अरु वडाले व्यवहार लागु गरियो भने प्रशासनिक रुपमा सहयोग पुग्नेछन्।

राष्ट्रिय भुमि आयोगले देखाएको बाटोलाई आत्मसात गर्दै अघि बढ्दा निस्सा प्रमाणपत्र वितरण गर्ने पहिलो सफल वडा भएको १ नम्वर वडा कार्यालयका वडाध्यक्ष महेश कुमार यादवले बताए। बर्षौ देखि भुमिहिन सुकुम्बासी र अव्यवस्थित रुपमा बसेकाहरु निराश बन्दै गएको थियो तर जग्गाको निस्सा प्रमाणपत्र पाएर उनीहरु खुशी भएको उनले दाबी गरे।

वडाको प्रयास र सबैको सहयोगले जग्गाको निस्सा प्रमाणपत्र वितरण भएको वडाध्यक्ष यादवले भने,‘यस्ता कार्यले विपन्न दलित तथा गरिब वर्गलाई बढि फाइदा हुने छन्।’ विपन्न गरिब तथा दलित वर्गका व्यक्तिको अवस्थालाई ध्यानमा राखेर यस्ता विभिन्न खाले कार्यनीति अगाडि बढाउदै र त्यसको प्रभावकारी कार्यान्वयन गर्दै अघि बढ्दै आएको उनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित