प्रहरीले भेट्टायो काजीको भिडियो सन्देश, तीन जनाको हत्यापछि छोरालाई गराएका थिए रेकर्ड

हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

९ फागुन, काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको भेटिएको छ ।

काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ ।भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी र नातिनीको बुधबार विहान हत्या भएको थियो ।परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

ईश्वरी र काजी श्रीमान श्रीमती हुन् । उनीहरुसँगै परिवारमा ६ जना थिए । ईश्वरीको पहिलो श्रीमानतर्फका छोरा विदेशमा छन् भने उनका श्रीमती र छोरीसँगै थिए । ईश्वरी र काजीबाट छोरा (१५ वर्ष) र छोरी (८ वर्ष) थिए ।बुधबार विहान बुहारी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकेँ, सबै मारिँसके’ भनेका थिए ।

किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको उनले अनलाइनखबरसँग बताए । उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् ।

उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । मैले….लाई कागज पत्र दिइसकेको छु, सुन दराजमा छ’, भिडियोमा उनले भनेका छन्, ‘मलाई माफ गर्नू । विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।

घटनाको अघिल्लो रात घर झगडा

गत वर्षसम्म होटल व्यवसाय गरेकी श्रीमती ईश्वरीमाथि अनेक लान्छना लगाएर काजीले झगडा गर्ने गरेका थिए । हालसालै ईश्वरीले स्थानीय एक युवकविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी दिएकी थिइन् । आरोपित युवक १ फागुनमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

यही विषयलाई लिएर मंगलबार झगडा भएको थियो । झगडाको भोलिपल्ट काजीले तीन जनाको हत्या गरे ।अनुसन्धान अधिकृतहरुका अनुसार विहान ७ः३० देखि ८ बजेको बीचमा घटना भएको देखिन्छ । हम्मर र कैंचीले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

परिवारका तीन सदस्यको हत्या गरेका काजीले छोरालाई भिडियो खिच्न लगाए । लगत्तै डोरी लिएर निस्किएका उनले सालीलाई पनि फोन गरेर आफूले सबैलाई मारेर निस्किएको बताएका थिए । त्यसपछि सालीले गलत काम नगर्न सम्झाएकी थिइन् । ‘अरु कुरा छोड्देऊ, अनिशको राम्रो रेखदेख गरिदेऊ’, उनले भनेका छन् ।

छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए । ९ बजेतिर प्रहरी कहाँ घटनाबारे सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी बताउँछन् ।

‘सूचना आउनेबित्तिकै प्रहरी वृत्त, स्वयम्भु, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको थियो’, उनले भने ।

प्रहरीले काजीलाई गाउँदेखि केही पर रहेको जंगलमा लोकेट गरेर खोजी थालेको थियो । त्यहीबीचमा नागर्जुन जंगल छेऊ घर भएकी सुधा तामाङले ११ः१२ बजे प्रहरी कन्ट्रोल १०० मा फोन गरे एक जना मान्छे झुण्डिरहेको अवस्थामा फेला परेको बताइन् । ‘फोटो जुधाउँदा त्यो काजीको शव भएको देखियो’, प्रहरी स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित