गोलबजार नगरपालिकाले विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनायो

Picture of हरियो पाटी

हरियो पाटी

602
SHARES
824
VIEWS

सिरहा,फागुन ७ गते । सिरहाको गोलबजार नगरपालिकाले सोमबार ७४ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
७४ औ प्रजातन्त्र दिवसको अवसरमा गोलबजार नगरपालिका ईलकाप्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प गोलबजार संयुक्त रुपमा सरसफाई गरेको छ ।

गोलबजार नगरपालिकाको धमिनी मन्दिर लगाएत स्थानमा सरसफाई गरेका छन । ७४ औ राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा गोलबजार नगरपालिकाको आयोजनामा सरसफाई गरेको नगर प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिएको छ ।
गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको अगुवाइमा भएको उक्त सरसफाइ कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री धर केसी उप–प्रमुख मान्ती साह,

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरिक्षक ईन्सपेक्टर सुनिल कार्की नगरपालिकाका स्वास्थ्य संयोजक सरोज कुमार कर्ण पवन पंजियार जिन्सी प्रमुख निरन्जन राज साक्य सहेंद्र यादव  गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष बिजय साह गोलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु नागरपालिकाका कर्मचारीहरु स्थानीय व्यपारिक स्थानीयबासी बुद्धिजीवी,समाजसेवी जनप्रतिनिधि

संचारकर्मी लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा एक दर्जन बढी कर्मचारी र स्थानीय प्रहरीले रक्तदान गरेका छन। सरसफाई कर्मचरी हरुलाई पोसाक समेत बितरण गरेको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री धर केसी बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित