सिरहाबाट ब्राउन सुगरसहित एक युवक फक्राउ

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा, ४ फागुन ।
सिरहा प्रहरीले प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित मिर्चैयाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको प्रहरीले मिर्चैया नगरपालिका ६ एकताटोलबाट स्थानीय ३४ वर्षिय सत्रुधन ठाकुरलाई आफ्नै घरअगाडीबाट गिलो अवस्थामा रहेको १५ ग्राम प्रतिवन्धित लागु पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको वरिष्ट हवल्दार रामेश्वर खंगको कमाण्डमा खटिएको टोलिले आफ्नै घरअगाडी बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जनाएको छ ।
नियन्त्रणमा लिएको शर्मालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखि अनुसन्धान गरिरहेको सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1