अबैध उत्खन्न र तस्करीकाे आरोपमा सिरहाका सिडिओ र एसपी हटाइए

हरियो पाटी

हरियो पाटी

567
SHARES
777
VIEWS

सिरहा  माघ १५ । सिरहा कार्यसम्पादनमा कमजोर देखिएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ ।

सिडिओ राजेन्द्रदेव पाण्डे र टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो । नयाँ सिडिओ र एसपी खटाइएको छैन ।कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

एसपी लिम्बुलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआइजी टेकप्रसाद राईले रोक्दै आएका थिए ।दुवैले अबैध उतखन्न्न तस्करीको लाइन खोलेकोदेखि मिटरब्याजीलाई जोगाएको उजुरी गृह मन्त्रालयमा परेको थियो । साेहि उजुरीको अधारमा गृह मन्त्रालयले सिडिओ राजेन्द्रदेव पाण्डे र सिरहाका प्रहरी प्रमुख टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो ।

लिम्बु डिएसपी हुदा २०७५ भदौ २० गते  महानगरीय प्रहरी परिसर, काठमाडौंले स्थापना गरेको काठमाडौं प्रहरी अवार्ड प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ टेकुनन्द इवा लिम्बु   उत्कृष्ट डिएसपी घोषित भएको थोयो । उनी नगद ५० हजार रुपैयाँ पुरस्कार पाएका थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित