अन्तिम मतपरिणाम सार्वजनिक : यी हुन् नवनिर्वाचित १९ राष्ट्रियसभा सदस्य (मत परिणामसहित)

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ ।  सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयहरूबाट मतगणनाको नतिजाअनुसार अन्तिम नतिजा प्रकाशित गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनकाअनुसार कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेकपा एमालेकी रुकमिणी कोइराला कूल ५०८६ मतभार प्राप्त गरी निर्वाचित भएकी छन् ।  कोशी प्रदेशको अन्य समूहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला कूल ५२९२ मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी कूल ७९२३ मतभार प्राप्त गरी विजयी हुँदा मधेश प्रदेशको अन्य समूहतर्फ काँग्रेसका आनन्दप्रसाद ढुंगाना कूल ७३७० मतभार प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेशमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा कूल ३६६० मतभार प्राप्त गरी निर्वाचित हुँदा अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ काँग्रेसका पदमबहादुर परियार ३७७४ मतभार तथा अन्य समुदायतर्फ काँग्रेसकै किरणबाबु श्रेष्ठ कूल ३८०८ मतभार प्राप्त गरी निर्वाचित भएको शर्माले जानकारी दिए ।

Nabil bank

यसैगरी लुम्बिनी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ  काँग्रेसकी विष्ण्कुमारी सापकोटा कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भइन् । यसैगरी लुम्विनी प्रदेशकै अन्य समूहतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले कूल ५४३५ मतभार प्राप्त गरी निर्वाचित भए ।

निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको थियो ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका थिए। जसमध्ये कोसीमा कुल ३६७ मतदाता थिए भने मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका थिए । यसैगरी गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको  आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने व्यवस्था छ ।

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ रहेको थियो ।

यसैगरी कायमा प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका थिए । आयोगले  राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न गराउन राजनैतिक दल, उम्मेदवार, उम्मेदवारको प्रतिनिधि, मतदाता, कर्मचारी, सुरक्षाकर्मी, आम सञ्चार माध्यम एवम् सम्पूर्ण सरोकारवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्वन्धित सबैमा धन्यवाद ब्यक्त गरेको छ ।

निर्वाचन आज बिहान ९ बजेदेखि तीन बजेसम्म चलेको थियो भने त्यसपछि मतगणना गरेर नतिजा प्रकाशित गरिएको हो । नवनिर्वाचित १९ राष्ट्रियसभा सदस्यहरुले फागुन २० पछि आफ्नो काम थाल्नेछन् ।

मतपरिणाम हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित