गाेलबजार ,१० माघ – सिरहा अपन माईट अपन पहिचान, समाजिक परिवर्तनलेल हमर सबहक अभियान मुलनारा सहित गोलबजारमा माटो दिवस मनाइएको छ ।
गोलबजार स्थित मुसहर जातीय संस्था सवरी संकल्प समाज र स्थानीयकाे आयोजनामा १४ओ माटो दिवस मनाइएको हो । कार्यक्रममा सम्बोधन गर्दै गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले माटो दिवश मुसहर जातीको मात्र दिवश होईन यो सवै जातीले एकवद्धभई मनाउनु पर्ने आवश्यक रहेको बताए । माटो मानवलाई अन्तरशक्ति प्रदान गर्ने स्रोत हुन तर माटोलाई ब्यबस्थान र स्मरण गरेर सचेतना बढाउनु सकारात्मक रहेको बताए ।
यस माटो लाई माटो दिवश मनाउन सकारात्मक भुमिका खेलेका स्मरण गर्दै भविष्यमा पनि यसलाई अगाडी बढाउन जोड दिने बताए । नगर प्रमुख श्रेष्ठले माटो मुसहर जातीमा दिवशले परिवर्तणको एक पाइएला चालिएको बताए । समाजिक न्यायवाट पछाडी परिइएको मुसहरको अधिका र
मुसहर समुदायका संस्कृतिलाई स्थापित गर्न नगरपालिकाबाट गर्नुपर्ने सहयोगमा आफू पछि नहट्ने नगर प्रमुख श्रेष्ठले बताए।
उनले अब नगरपालिकामा मुसहर सामुदायका व्यक्तिहरुका लागि रोजगारकोपनि प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए । कार्यक्रममा माटोको टिका लगाइ माटो सम्बन्धि गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय वडा अध्यक्ष धनप्रसाद लामालगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।
















Discussion about this post