सिरहाको गोलबजारमा दीप प्रज्वलन

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा माघ ८ ।
सिरहा अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा गरेको अवसरमा सिरहाको गोलबजार ४ मारहेको राम मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

गोलबजारका व्यवसायीहरुको अगुवाईमा आज विहान रथ यात्रा, अपरान्ह प्रसाद वितरण र वेलुका दीप प्रज्वलनसहितको धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
अयोध्यामा नवनिर्मित भगवान रामको मन्दिर प्राण प्रतिष्ठा गर्दैगरेको खुसियालीमा गोलबजारका मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको गोलबजारका व्यवसायी प्रमेश्वर साहले बताए।

जिल्लाका पालिकाहरुले पनि आज सम्पूर्ण पालिकाबासिहरुमा र घर–घरमा दीप प्रज्वलन गरेकाथिए
गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सदलदेव यादव, व्यसायी राकेश गुप्ता, रामेश्वर साह,आन्नद यादब,शुसिल साह, महावीर प्रसाद साह लागायतको सक्रियतामा बजार सरसफाई, दिप प्रज्वलन, प्रसाद वितरण र रथ यात्रा लगाएतको कार्यक्रमको आयोजना गरेका थिए ।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइए दिप प्रज्वलन, प्रसाद वितरण र रथ यात्रा लगाएतको कार्यक्रमको आयोजना गरेका मनाइएको छ । भने जताततै राम अङ्कित झण्डा झुण्ड्याइएको छ ।
सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा सिरहा सहित मधेशका राम मन्दिरहरु सिंगारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित