सरकारी गाडिमा ठेकेदारको दारु जिल्ला समन्वय समितिका सभापति र लहान नगरपालिकाका उपमेयरको मस्ती उप सभा पतिले थोरै खाए
सिरहा माघ ८ – सिरहामा सरकारी नम्बर पलेटहरुको व्यापक दुरपयोग हुदा पनि सम्बन्धित निकायहरु मौन बसेका छन। मिर्चैयाको घुर्मी स्थित रहेको कार्की होटेलमा सरकारी नम्बर पलेट लिएर रातीगरि दारु खान पुगेका छ्न ।
सरकारी कार्यलयहरुको समय बिहानको १० बजे देखि बेलुकी ५ बजे सम्म रहेपनि कर्मचारिहरुले विभिन्न अनुगमनहरुको नाममा राती राती ठेकेदारहरु सङ बसेर दारु खाने गरेको पाइएको छ । साे बिषयमा बुझन खाेजदा सिरहा जिल्ला समन्वय समितिका सिरहा सभापति दिनेश कुमार महतोले भन्ने ।
मैले संरक्षण गर्छु म लगाइत सबैले संरक्षण गर्छ तेसैले मैले ठेकेदारके रक्सी खको छु बताएका छन। टेलिफाेन सम्बादमा जिल्ला समन्वय समितिका सिरहाका सभापति दिनेश कुमार महतोले सो बताएका छन ।
आइतबार राती ७:४५ वजेकाे समयमा लहान नगरपालिकाकाे उपमेयर राम चलित्र मह्तो जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतो र उपसभापति दिलिप लामा सहितले ठेकेदारकाे मदिरा(दारु) पाटी खान लहान बाट २५ किलोमिटरकाे दुरिपारगरि सेतो नम्बर प्लेट भएका सरकारी सवारी साधन र पदिय दुरुपयोग गरि प्र- २-०१-००१झ ०००७ नम्बरको स्कारपियो र बा १ झ ३१७० नम्बरको गाडि सहित कार्कि होटेल मिर्चैया नगरपालिका स्थित घुर्मिबजारको कार्कि होटेल पुगेका थिए ।
उनिहरुले विभन्न ब्रान्डको मदिरा र मासु सहित ८ हजार २ सय दस रुपैयाँ स्थानीय ठेकेदारले होटेलका साहुलाइ तिराएका छन । समन्वय समितिका उपसभापति दिलिप लामाका अनुसार मैले जादा सभापति र लहान नगरपालिकाका उप मेयर रामचलित्र दारु खादै थिए तेसैमा म पनि थोरै खाएको बताए । मैले पैसा तिर्नखोजदा सभापतिले तिर्नुपर्दैन्न ठेकेदार सहावले बोलाएको उसैले तिर्ने भनेर मलाइ रोकेको बताए ।
यता प्रमुख जिल्ला अधिकारीले सरकारि गाडिको दुरुपयोग गरेको भन्दै कारबाहीको दाइरामा ल्याउने बताएका छन । कानुनको उलंघन गर्ने जो कोहिलाइ कार्बाही हुने बताएका छ । सरकारीगाडि लिएर राति- राति मदिरा खान कसैलाइ छुट छैन्न बताएका छन ।
स्थानीय बिबेक यादवका अनुसा इनिहरुको हाथिको दातजस्तो चाल रहेको बताए समयमा पैसा नपुदा अनुगमनको नाममा फुर फुरि देखाउ छन र अबैध रकम असुल्ने गरोको बताए ।
स्थानीय एक ठेकेदारका अनुसार सबैको महिना वारि फिक्स रहेको सेट्टिंगमा उत्खनन हुन्छ र दारुको त कुनै हिसाब नै हुदैन्न अनुगमको बेला इच्छा अनुसारको मदिरा ( दारु ) खुवाउनु पर्छ छाेरा छाेरिकाे स्वपिड र विशेष दिन चाडपर्वमा छुट्टै बेवस्था मिलाउनु पर्छ अनि मत्र उत्खनन गर्न अनुमती दिन छ। दारु कुवाउदा उनिहरुले अनुगमनगर्न आउदा हामिलाइ पहिलानै फोन गरेर जानकारी गराइदिने गरेको बताए ।
Discussion about this post