गाेलबजारकाे राम मन्दिरहरुमा लाखौँ दीप प्रज्वलन

हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

सिरहा, ८ माघ। भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार सिरहाको गोलबजारसहित मधेश प्रदेश लगायतमा लाखौं दीप प्रज्वलनको आयोजना गरिएको छ। आज हुन गैइरहेको भगवान रामको प्राण प्रतिष्ठाको अवसर पारेर सिरहाको गोलबजार लहान, सिरहा, मिर्चैयासहितका राम मन्दिरहरुलाई दुलही झै सिंगारेर आज भव्य दिप प्रज्वल गर्ने कार्यक्रमको तयारी गरिएको हो।

गोलबजारका व्यवसायीहरुको अगुवाईमा आज विहान रथ यात्रा, अपरान्ह प्रसाद वितरण र वेलुका दीप प्रज्वलनसहितको धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना हुने गोलबजार ४ का वडा अध्यक्ष सकलदेव यादवले जानाएको छ।
अयोध्यामा नवनिर्मित भगवान रामको मन्दिर प्राण प्रतिष्ठा गर्दैगरेको खुसियालीमा गोलबजारका मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको गोलबजारका व्यवसायी आनन्द यादबले बताए।

व्यापार संघले आज गोलबजारका सम्पूर्ण व्यावसाईहरुलाई माछा, मासु र मदिरा विक्रिवितरण नगर्न अनुरोध गरेको छ।
जिल्लाका पालिकाहरुले पनि आज सम्पूर्ण पालिकाबासिहरुलाई आज घर–घरमा दीप प्रज्वलन गर्न अपिल गरेको छ।
गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सदलदेव यादव, व्यसायी राकेश गुप्ता, रामेश्वर साह,आन्नद यादब,शुसिल साह, महावीर प्रसाद साह लागायतको सक्रियतामा बजार सरसफाई, दिप प्रज्वलन, प्रसाद वितरण र रथ यात्रा लगाएतको कार्यक्रम भईरहेको सचिव सिंहले बताए।

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अङ्कित झण्डा झुण्ड्याइएको छ।
सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा सिरहा सहित मधेशका राम मन्दिरहरु सिंगारिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित