चोहर्वाको गुद्री बजार कुनैपनी हालतमा सर्दैन्न पुर्वकानुन मन्त्री श्रेष्ठ

Picture of हरियो पाटी

हरियो पाटी

548
SHARES
750
VIEWS

 

सिरहा,३ माघस् सिरहाको गोलबजार नगरपालिका वडा न(८ चोहर्वामा लाग्दै आएको गुदरी बजार सार्ने कुरो झुठो रहेको पुर्व(कानुन मन्त्री तथा प्रतिनिधि सभा सद्स्य लिलानाथ श्रेष्ठले बताएका छ्न । पुर्व(कानुन मन्त्री श्रेष्ठले बजार सार्ने विषय आफू लाई थानभएको जनाए ।

आज चोहर्वा बजार समितीले आयोजना गरिएको गुदरी बजार सम्बन्धी अन्त्रक्रिया कार्यक्रममा पुर्व(कानुन मन्त्री श्रेष्ठले आफू सिरहाको भन्दा पनि गोलबजारका बासिन्दा भएको हुनाले जन्तालाई सुबिधा र सहजहोस भन्ने उदशयले बाटो निर्माणको लागि बजेट ल्याएको बताए ।श्रेष्ठले भने,बाटो बनाउनु एउटा राम्रो कार्य हो ।कुन ठाउ बाट बाटो लैजादा उचित होला भन्ने कुरोमा स्थानिय जन्ता,व्यापारी लगायत पालिकाका नगर प्रमुख बसेर छलफल गर्नु पर्ने जनाए ।श्रेष्ठले भने,पार्टी आफ्नो ठाउमा छ ,बिकासमा सम्पुर्ण जनसमुदाय  बिकास गर्नु पर्ने बताए ।

सिरहाको गोलबजार नगरपालिका १० को सिमा पर्ने घुर्मि सिरहाको नरैहैया सम्म २५ करोडको सडक बिस्तारको योजना तीन वर्षको लागि ठेक्का लागिसकेको पुर्व कानुन मन्त्री श्रेष्ठले बताए । पुर्व कानुन मन्त्री श्रेष्ठले भने,केपी शर्मा ओलिकै पालामा एसय ६५ क्षेत्रका सान्सदले रोजेको र निर्णय गरेको योजना रहेको जनाए ।अहिले तत्कालिन १० किलोमिटर बनाउने रहेको अझै पछि बिस्तार हुने जनाए।

यता,गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले बिचबजार बाट बाटो जाने र गुदरी बजार सार्ने भने कुरो आफुले सोचेको पनि छैन । गुदरी बजार कुनै पनि हाल्तमा नसर्ने नगर प्रमुख श्रेष्ठले बताए। बिच बजार बाटै बाटो निर्माण हुने कुरो फैलाउने केही मानिस लागिपरेको बताए ।

कार्यक्रममा नगर प्रमुख श्याम कुमार श्रेष्ठले पशु बजारकाे जग्गा खरिद गर्ने कुरोमा बैंक,मालपोत तथा स्थानिय लाइ मुल्यांकन गर्नका लागि पत्र समेत काटिसकेको बताए। त्यसपछि सिरहाका प्रमुख जिल्ला अधिकारीको संयोजक्तामा मुल्यांकन समितिलले निर्णय गरेर दिएपछी मात्र जग्गा खरिद गरिने जनाए । नगरपालिकाले १ करोड ३०लाख बजेट मात्र जग्गा खरिदका लागि छुटयाएको छ ,कसरी २ करोड ५० लाख भ्रस्टाचार भयो । यस्तो कुरोहरुको पछि नलाग्न सम्पुर्ण नगरबासी लाई आग्रह समेत नगर प्रमुख श्रेष्ठले गरेका छन।

चोहर्वा गुदरी बजार सम्बन्धी अन्त्रक्रिया कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता,व्यापारी,स्थानियबासीरुले बजार ब्यव्स्थापन र बजार सार्ने,बाटो निर्माण सम्बन्धी लागेको जिज्ञासाहरु राखेका थिए ।कार्यक्रममा प्रदेश सभा सद्स्य मनोज कुमार सिंह ,नेकपा माऔबादी पार्टीका प्रदेश कमिटि सद्स्य रामचन्द्र महतो ,उधाेग बाणिज्य संघ गोलबजारका अध्यक्ष बिजय साह,इटा उध्योग व्यसाय संघ सिरहाका अध्यक्ष कृष्ण सिंह ,वडाका वडा अध्यक्ष,पुर्व वडा अध्यक्ष तथा ब्यापारी,स्थानियबासिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित