त्रिशुली नदीमा गाडी खसेको आशंका

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

माघ २ चितवन ।चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै सडकबाट त्रिशुली नदीमा बस खसेको आशंका गरिएको छ । नदीमा गाडी खसेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तीन नम्बर पुल नजिक सडकबाट ८०/८० मिटर तल त्रिशुली नदीको पानीभित्र गाडीको लाइट बलेको जस्तो देखिएको खबर प्रहरीमा आएपछि प्रहरीको टोलि त्यसतर्फ गएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी बलको नायव निरिक्षिकको टोलि,चितवनका प्रमुख जिल्ला अधिकारीसहित विपद व्यवस्थापनको डुंगा लिएर प्रहरी त्यसतर्फ गएको छ । लाइट गाडीको होकि के को भन्ने पुष्टी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित