काठमाडौँ । दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले रातोपाटीलाई बताए ।
बसमा करिब ३२ देखि३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । प्रजिअ सुवेदी भन्छन्–‘ मृतक ४ जनाको पहिचान खुलेको छैन, उद्धार कार्य जारी छ ।’
Discussion about this post