दाङ बस दुर्घटना : १६ जनाको उद्दार (अपडेट)

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

काठमाडौं । दाङको भालुवाङमा बस दुर्घटना भएको छ । सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १६ जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाएका छन् ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेको दाङका एसपी राम बहादुर केसीले जनाएको छ ।
बसमा ३२ जना यात्रु सवार थिए । उद्धारका लागि घटनास्थलमा पुगेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए । स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए ।

घटनास्थलमा प्रहरीले उद्दार कार्य गरिरहेको छ । क्षतिको यकिन विवरण आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित