सिरहामा भाईको कुटाइ बाट दाजुको मृत्यु

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

सिरहा, २४ पुस । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ ।

धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाई गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखको हाँगा काट्ने विषयमा दाजु भाई विच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट घाईते हेम प्रसादलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएको छ ।

कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएको छ । राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित