पुस २१ सिराहा। सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ । सिरहाकाे मिर्चैया स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।
ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुस्ख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अवैध रकम असुल्ने गरेको चालक मोहन महतोले आरोप लगाए । उनले भने,महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दुख दिने मनसायले गाडीलाई घण्टौँ सडकमा रोकिदिन्छन् ।
मिर्चैयामा तीन पाङ्ग्रे अटोदेखि मालवाहक ट्रक र टिफर व्यवसायीसँग ट्राफिक प्रहरी इन्चार्ज श्रीराम खतीवडा प्रति सवारी साधनबाट महिनाको १ हजार देखि ३ हजारसम्म महिनावारीकै रुपमा अवैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए । जिल्ला ट्राफिकमा भएको बेला ज्याक लगाएर खतीवडा मिर्चैया सरुवा गराएका छन। मिर्चैयामा सुर्या र गोलबजारमा ९मा मरुती सिमेन्ट भएकोले महिनामा नेपाल सरकारकाे राजश्व भन्दा मिर्चैया ट्राफिक प्रहरीको बढि आम्दानी हुने गरेको छ। तेसैले जिला ट्राफिक कार्यलय लहानमा नजराना बुझाएर ट्राफिक प्रहरी आउने गरेको छ ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ ।


















Discussion about this post