गोलबजार नगरपालिकाले किसानको विद्युत महसुल बुझाइदिएपछि किसान हर्षित

हरियो पाटी

हरियो पाटी

555
SHARES
760
VIEWS

सिरहा, १९ पुस । सिरहा गोलबजार नगरपालिकाले कृषि विद्युत महशुल अनुदान कार्यक्रम अन्तर्गत आफ्ना किसानले प्रयोग गरेको करिव आठ लाख रुपैयाँ बराबरको महशुल विद्युत प्राधिकरणलाई बुझाएको छ ।
नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यकक्षामा विहिवार एक समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरण मिर्चैयाका वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्मालाई सात लाख ९७ हजार छ सय ४५ रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन् । एक हजार एक सय ४३ किसानको विद्युत महशुल भुक्तानी भएको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताए ।
वडा नम्वर १ भने लहान वितरणकेन्द्रले हेर्ने भएकाले त्यसकालागि ५० हजार निकासा भएको कृषि शाखाका विरेन्द्र यादवले जानकारी दिए ।
भुक्तानी भएको रकम साउन देखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले बताए । अहिलेसम्म आएको निवेदनको आधारमा र साउनसम्म भुक्तानी गरिसकेका किसानहरुको विद्युत महशुल बुझाएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । उनले अवको दिनमा नियमित आउने निवेदनहरुमा समेत आवश्यक छानविनगरी समेत थप्दै जाने बताए ।
पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणिकरण गरेको भएपनि लेखा र प्रशासकिय प्रमुख नियमित नहुदा भुक्तानीमा ढिलाई भएको नगर प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘नगरपालिकाले कार्यविधि पास गरिसकेको भएपनि लेखाका कर्मचारी आफ्नै नहुदा धेरै कामहरु नियमित रुपमा हुन सकिरहेको थिएन अव सवै कामहरु सहज ढङ्गले हुने छ । यो पनि कर्मचारी अभावकै कारण ढीलाई हुन गएको हो ।
हालसम्म नगरपालिकामा परेको एक हजार दुई सय ३५ निवेदनमध्येय १७ वटा अन्य मिटर र १२ वटाको आवश्यक कागजात नपुगेकाले एक हजार एक सय ४३ किसानको विद्युत महशुल भुक्तानी भएको कृषि शाखाका यादवले बताए ।

मिर्चैया वितरण केन्द्रका प्रमुख शर्माले सानै भएपनि किसानहरुले प्रत्याक्ष लाभ पाएको बताए । उनलेभने, ‘यस वर्ष वर्षाको समयमा पनि खरेडी परेकाले किसानहरुले भुमिगत सिंञ्चाईको सहयोगमा खेतिपाती गरेको यस्तो वेलामा नगरले विद्युत महशुल तिरेर किसानकोलागि घाउमा मलहमक पट्टी लगाएजस्तो भएको छ ।
प्रमुख झाले नगरक्षेत्रमा तीन हजारको हाराहारीमा कृषि मिटर रहेको बताए । उनले आगामी दिनहरुमा बाँकी किसानहरुलाई पनि यस योजनामा समेट्न आग्रह गरे ।
चेक हस्तान्तरण कार्यक्रममा उपप्रमुख मानती साह, प्रशासकिय अधिकृत श्रीधर केसी, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित