पुष १७ सिरहा । सिरहा ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यम वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले मंगलबार १८ औं वर्षमा प्रवेश गरेको अवसरमा गोलबजार शाखा सहित सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्याक्रम सम्पन्न भएको छ ।
गोलबजारका स्थानीय व्यवसायी लगाएत ६० जनाले रक्तदान गरेको जनाएको छ । जसमा ५५ जना पुरुष र ५महिलाले रक्तदान गरेका छन ।
बैंकलको सामाजिक दायीत्वपनि भएकोले आज रक्तदान कार्यक्रमको आयोजना गरिएको बैंकका ब्रान्च म्यानेजर सर्वन महासेठले जनकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो ।
तराई मधेशमा रक्दतान गर्दा हुने फाईदाबारे रक्तसञ्चर केन्दले अझै जनचेतना फैलाउन नसकेको स्थानीयको भनाई छ । रक्तदान कार्यक्रमको आयोजना गरेपनि न्यूनमात्रामा जनसहभागीता हुने गरेको छ ।
Discussion about this post