सिरहबाट अबैध उत्खन्न आरोपमा क्रसर व्यसायी पक्राउ

हरियो पाटी

हरियो पाटी

680
SHARES
931
VIEWS

सिरहा, १२ पुस सिरहा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वनक्षेत्र भित्रको कमला नदी बगरबाट अबैध रुपमा गिट्टी, वालुवा उत्खनन् गरि खरिद बिक्रीमा संलग्न रहेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ ।

वन कार्यालयले कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उधोग प्रा लि का सञ्चालक जनकपुर उप महानगरपालिका ७ का मोहमद खलिल राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित कुमार झाले जानएको हो ।

वन कार्यालयले चुरे वनक्षेत्र पर्ने कमला नदीको बगरबाट गत शनिवार अबैध रुपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएका थिए ।
सोही क्षेत्रमा अवैध उत्खनन्गरी खरिद विक्रि गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जनएको छ ।
‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा हामीसँग कुनै सहमति तथा समन्वय नभएकाले हामीले नियन्त्रणमा लिएका हौं; वन अधिकृत मिश्रले भने, ‘स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रकृया र आवश्यकताको आधारमा कार्वाही अगाडी बढ्छ’ ।

सिरहाको कर्जन्हा धनगढीमाई लहान नगरपालिकाको उत्तरी क्षेत्रमा स्थानीय जनप्रतिनिधीकै मिलेमत्तोमा अवैध रुपमा अन्धाधुन्द उत्खनन हुने गरेको छ । यसरी उत्खनन हुदा समे स्थानीय प्रहरी र प्रशासनको मौनताले स्थानीय सशंकित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1