सिरहामा स्काभेटर ठेकेदारसहित दुई जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

614
SHARES
841
VIEWS

सिरहा ।  सिरहामा कानुन विपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको र अवैध उत्खनन् गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ ना विरुद्ध मुद्दा चलाएको डिभिजनले शनिबार सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका १ बल्टियाको वन क्षेत्रमा पर्ने कमला किनारबाट  स्काभेटर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
डिभिजन वन प्रमुख सुजितकुमार झाका अनुसार कर्जन्हाको बन्दीपुरस्थित सव डिभिजन वन कार्यालयको गस्ती टोलीले बल्टियाको वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) नगरी उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर सहित दुई जनालाई नियन्त्रणमा लिइएको हो । स्काभेटर सहित चालक प्रदिपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई नियन्त्रणमा लिइएको हो’ उनले भने ‘नियन्त्रणमा लिइएकाहरुलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान थालेका छौं ।’
डिभिजन वनले ४ पुसमा सिरहा जिल्ला अदालतमा कानुन विपरीत वन क्षेत्रको खोला ठेक्का लगाएको आरोपमा सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वन वरुण कन्सट्रक्नका प्रोप्राइटर निलम कुमारी यादव, अवैध उत्खनन्मा संलग्न आठ जना ट्याक्टर तथा जेसिवी चालक र सात जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित