सिरहा, ३० मंसिर ।
सिरहा सुन चाँदी व्यवसायी संघ, गोलबजार सिरहाको चौथो अधिवेशनले सुन चाँदी व्यवसायी सनतोष कुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको गोलबजारमा सम्पन्न चौथो अधिवेशन तथा ११ औं साधारण सभाले साहको अध्यक्षतामा दुई जना पुछि कार्यसमितिले मनोनयन नर्गेगरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा देवकृष्ण साह, सचिव सपना कुमारी गोयन्का, कोषाध्यक्ष आनन्द यादव, सहसचिव शैलेन्द्र कुमार ठाकुर सहकोषाध्यक्ष गोपाल साह चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए । संघको सदस्यहरुमा विजय साह, अरुण शंकर साह, लक्ष्मी विश्वकर्मा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए । ।
अधिवेशनका प्रमुख अतिथी सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष भरत अग्रवालले व्यसालाई अझै विश्वासनिय र चलायमान बनाउन सम्पूर्ण व्यसायीलाई आग्रह गरे । उनले व्यवसायीहरुको हरेक दुख, सुखमा केन्द्रिय महासंघको साथ सहयोग रहने भन्दै जिल्ला कार्यमितिलाई चुस्त, दुरुस्त बनाएर सवै व्यसायीहरुलाई सम्मान व्यवहार गर्नुपर्नेमा जोड दिए । सोही क्रममा संस्थापक अध्यक्ष समेत रहेका अग्रवालले दुर्घटना तथा अन्य आपद विपदमा परेका व्यसायीलाई सहयोग गर्ने उदेश्यले जिल्ला संघले अक्ष्यकोष स्थापनाको घोषणा स्वागत योग्य रहेको बताए ।
संघमा जिल्लाभरीका एक सय ९० वटा संस्था सदस्य रहेको जनाएको छ । जसमध्येय २६ जना जिल्ला प्रतिनिधी छानिएका छन् । निवर्तमान अध्यक्ष विकास सारडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
Discussion about this post