जनकपुरमा ३ दिनसम्म जाँड–रक्सी, माछामासु बिक्री गर्न रोक

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS
फाइल तस्बिर

मंसिर २६ धनुषा – जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न राेक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज मङ्गलवार सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जाँड–रक्सी र माछामासुको बिक्री गर्न रोक लगाएको हो ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिनुभयो ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ जाँड–रक्सी र माछामासु बिक्री गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले बताउनुभयो । निर्देशकको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1