गोलबजारमा सामाजिक सुरक्षा बत्ता भुक्तानि दिन मुक्तिनाथ बैंककोआनाकानी

हरियो पाटी

हरियो पाटी

545
SHARES
747
VIEWS

२६ मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा बत्ता वितरणमा ढिलासुस्ती गरेकाले सेवाग्राही मर्कामा परेका छन्।
बैंकले समायमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्वर वडाका बृद्धभदा, पालपोसण, एकलमहिलासहित एक हजा दुई ७७ जना लाभग्राही मर्कामा परेका हुन्।

नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक किस्ता एक साताभन्दा पहिला नै सवै प्रकृया पुरा गरी पठाएको जनाएको छ। बैंकले भने अझै भुक्तानी प्रकृया अगाडी नबताएको सेवाग्राहिहरुको गुनासो छ।
गोलबजार नगरपालिका ८का एकल महिला सुजानदेवी यादव आफ्नो सामाजिक सेवाको भुक्तानी लिन बैंक पुगेपनि बैंकले पैसा आएकै छैन भने फर्काइदिएको दुखेसो पोखे। उनले भने, ‘म एकल महिला, सामाजिक सुरक्षाको पैसाले जीवन धानी रहेको छु। यो पटक नगरपलिकाले पनि ढिलो गरे। अहिले बैंकले पनि तारिख दिईरहेको छ।’

त्यहि पैसाबाट जाडो छल्न लुगा फाटा र चामल किन्ने योजना बनाई रहेका सुजानले बैंकबाट फर्कदै गर्दा सुनाए। उनले भने, ‘चामल र न्यानो कपडा किनु भनेको बैंक र वडा कार्यालय धाएको धायि छु। त्यसै फर्काई रहेको छ।’
सेवा ग्राहिले भने गोलबजारकै अन्य बैंकले वितरण गरिरहेपनि मुक्तिनाथले भुक्तानी दिन आलटाल गरिरहेको सेवाग्राहिहरुले आरोप लगाए। गोलबजार नपा ८ का सेवा ग्राहि जेष्ठ नागरिक राशलाल यादव भने, ‘बैंकमा पैसा एक साताभदा बढी भईसक्यो। म पछिल्लो पाँच दिनदेखि बैंक धाईरहेको छु। उपचारको लागि विराटनगर जानुपर्ने छ। बैंक अझै पुस १ गते आउनु भनेर फाईदिए।’ यादव मुटुसम्वन्धि विरामीबाट पीडित रहेको बताए।

यता मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव, आन्तरिक लेखा परीक्षण र बैंकका म्यानेजर पनि विदामा रहेकाले वितरण गर्न नसकिएको बैंकका अपरेशन इन्चार्ज मुकेश कुमार साहले बताए।
उनले भने, ‘नगरपालिकाले पनि ढिलोगरीमत्र पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरणगर्न समस्या भईरहेको थियो। आजै म्यानेजर आईसक्नु भएको छ। हामी सल्लाह गरेर एक÷दुईदिनभित्रै वितरण प्रकृया अगाडी बढाउँछौं। राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित