लहानमा साइकल स्टोरमा आगलागी, लाखौँको क्षति

हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

सिरहा । लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ ।  लहान नगरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा  आगलागी हुँदा करिब ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जा जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
आगलागीमा करिब ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । आगलागीको कारण अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले बताए ।
लहान नगरपालिका र गोलबजार नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रणमा लिइएको थियो । राताेपाटी बाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित