कमला नदीमा भूतमेला धामीझाँक्रीको घुइँचो फोटाे फिचर

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा, मंसिर ११ सिरहा प्रत्यक वर्षजस्तै यसवर्षको कत्तिके पूणिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।                       

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ आफनो इष्ट देवताको हरुको नाम फालाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्तहरु कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् ।
सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको आज शनिवार विहान घुघिचो लागेको हो ।

सूर्योदयसँगै सोमबार विहानै देखि हजारौँ नव धामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ । आइतबमर रातीबाटै कमलानदी कनारमा भगत (देउता) खेल्नहरुको घुइाजो लागेको थियो । त्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै (भगता) लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई वास वस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथकालागी आएका हुन ।

कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझार्कीहरु पाको हुने विश्वास गरिन्छ ।
विवह गरेको तीन वर्ष भईसक्यो तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन् दिनदिनै भूत पनि खेल्छे,’ आफनी ३० वर्षीया वुहारी रामवती देवीलाई डोर्याएर कमला नदीकिनारमा आहुत सल्काएर भगता नजिक लग्दै गरेकी भारत धनडढीमाई –९ की ५० वर्षिया सासू दुलारीदेवी रामले भनिन । , ’कुन जोगिया (भूतप्रेत पाल्ने) ले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको ।

भगताले झारफुक गरेर बच्चा हुन्छ त ? भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन् मेरी जेठी बुहारीलाई कमलामाईकी कृपाले छोरा भएको छ, त्यही विश्वासले आएकी हु ।’
कात्तिक पूर्णिमाका दिन कमला गंगालगायतका पवित्र नदीमा नयाँ भगता (जसको जीउमाथि प्रथमपटक देवताको गात) स्थायी हुने र भगताको गुण (तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ ।

तन्त्रशास्त्रअनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता छ । टुनामुना सिकेर धामीझाँक्री र बोक्साबोक्सी बन्नेहरु सिद्धि प्राप्त गर्न कमला नदीमा स्नान गर्ने गर्छन् ।
विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सवोत्तम मानिन्छ। यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिरातिमा आ आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन् ।
देवीदेवताको गान स्थायी होस् भनेर आआफनो घरबाट आहुत बोकेर कात्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन् ।

पवित्र नदीमा प्रथम स्नान धामीझाँक्रीसँग आशिष लिने श्रद्धालुहरुको संख्या पनि उल्लेख्य थिए । प्रसादहरु रुपमा कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरु प्रशन्न हुँदै फर्किन्छन् । यस कार्यमा अशिक्षित परम्परावादी मात्र होइन की विधालयका शिक्षकसमेत सक्रियरुपले सहमति भएको देखिएको राम उच्च मावि मटिहानीका प्रधानाध्यापक गणेश प्रसाद साहले बताए ।
केही अध्यात्मवादी भूत मेलालाई तन्त्र विधालयमाथि आधारित आध्यात्मिक मेलाको संज्ञा दिन्छन् भने भोतिकवादी भने भूतमेलालाई पाखण्डको संज्ञा दिन्छन् ।

उनीहरुका अनुसार भूतपे्रत धामीझाँक्री भनेको रुढीवादीको नमुना हो चलाख धूर्त व्यक्ति (धामीझाँक्री) द्धारा सामाजिक प्रतिष्ठा र धन कमाउन सुरु गरिएको आयोजना हो भन्छन ।
तर, कमला नदीमा देखिने यस्ता सामूहिक क्रियाकलापलाई टेलिप्याथी उपचार पद्धति भएको डा जयनारायण यादब भनाइ छ । यो पद्धतिको मनोविज्ञानसँग गहिरो सम्बन्ध रहेको छ ।
अन्धविश्वासका कारण वारम्बार बोक्साबोक्सीको नाममा महिलामाथि हुने हिंसा दोहरिरहने सिरहा र धनुषामा रहेका छलफल गोष्ठी सेमिनारमा कमला नदीमा लाग्ने भूत मेलाको दृष्टान्त उठ्ने गरे पनि आधुनिक विज्ञानलाई समेत चुनौती दिने यस्ता घटनाको हालसम्म अनुसन्धान हुन नसकेकोमा उनीे चिन्ता व्यक्त गरेका छन् ।
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगाएत भारतका दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौघण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा भन्ने साह्रै रमाएका थिए ।

हजारौ धामीझाँक्री बोक्साबोक्सी र भूतपे्रतबाट पीडितहरु एकै थलोमा भेला भएको कमला नदीको घाटमा जनजागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क यस क्षेत्र को बासिन्दाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित