भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले चुम्यो छैटौँ विश्वकप उपाधि

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

मंसिर ३ काठमाडौं  । आइसिसी विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । आइतवार नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा भएको फाइनल खेलमा भारतलाई हराउदैँ अष्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अलआउट भएको थियो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य ओपनर ट्राभिस हेडले सानदार शतकमा अष्ट्रेलियाले सजिलैसँग पुरा गरेको हो ।

४७ रनमा ३ विकेट झारेर भारत खेलमा हाबी हुन खोजेपनि हेडले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै अष्ट्रेलियाको जितको आधार खडा गरेका थिए । हेडले १ सय ३५ रनको शानदार शतक बनाए । उनले १५ चौका र ४ छक्काको मदातले सो रन बनाएका हुन् । उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए ।

अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

केएल राहुलको ६६ रनको विराट कोहलीले ५४ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८, कुलदीप यादवले १०, सुभमन गिल र श्रेयश अय्यरले समान ४, रविन्द्र जडेजाले ९, मोहमद सामीले ६ र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे । ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित