अस्थाउँदै गरेको सूर्यलाई अर्घ दिदै उल्लासपूर्वक मनाइयो

Picture of हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS

सिरहा, ३ मंसिर। आज ‘षष्ठी’ छठ पर्वको मुख्य दिन, अस्थाउँदो सूर्यलाई अर्घ दिदै उल्लासपूर्वक मनाइरहेको छ। छठ पर्वको आज मूख्यदिन तराई मधेसका जलासयहरुमा अस्थाउँदै गरेको सूर्यको पूजा आरधना गरी मनाउन थालिएको हो। आज छठ पर्वको विशेष रौनक छ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। नजिकैका पोखरी, तलाउ, नदीलगायतका जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा आरधना सम्पन्न भएको छ। चढाउनका लागि तयार पारीएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा चोपल्दै अस्थाउँदो सूर्यलाई चढाएको छ।

भोलीको प्रातःकालीन अर्घका लागि व्रतालुहरू आज रातभर जलाशय क्षेत्रमा भजन कीर्तन र नाचगान गरेर बस्ने गर्दछ। छठका घाटहरु पनि बेहुली झैँ सिङ्गारिएका छन्।

छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ पूजा गर्दा भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने जनविश्वास छ।

विशेषगरी तराई मधेशमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व अस्ताउँदै र उदाउँदै गरेको सूर्यको आराधना गरी मनाइन्छ। अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने गरिन्छ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि बाँकसले बनेको ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला, चामलको मिठोबाट बनेको भूसवा, ठकुवा जस्ता सामाग्री चढाउने चलन रहेको छ।

मापन हुन्छ। प्रत्येक छठघाटमा छठ पर्वका गीत गुन्जिएका छन्। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित