मंसिर २सिरहा – सिरहा गाेलबजार नगरपालिकामा छठ पूजालाई लक्षित गरी बिशेष सरसफाई गरिएको हो ।
गाेलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको निर्देशमा नगरपालिकाभित्र पर्ने नदि तथा पोखरीहरुको सरसफाई गरिएको छ। नगरभित्र करिब ५० स्थानमा आजसाझ छठ घाट निर्माण भैसकेको नगरपालिकाले जनाएको छ ।
त्यसै गरी छठ घाट समितिहरुले पानीलाई सफा र दुर्गन्ध रहित राख्न चुना समेत हालिएको छ । सरसफाईमा नगरकाे जेसिभि र स्थानीयहरुको सहभागिता रहेको थियो । गाेलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठको निर्देशमा नगरपालिकाभित्र करिब ५० स्थानमा छठ घाट निर्माण गरेको नगरप्रमुख श्याम कुमार श्रेष्ठले बताए ।आस्था एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सहज हुने उदेश्यले छठ पूजालाई लक्षित गरी बिशेष सरसफाई र छठ घाट निर्माण गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
Discussion about this post