टिकटक बन्द गर्ने निर्णयको स्वागतमा सिरहा मैनबत्ती प्रज्वलन

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।

सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह  गरेका छन् ।

शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अश्लीलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित