गाेलबजारमा शिक्षण पेशा छाडेर फूल खेती,

हरियो पाटी

हरियो पाटी

548
SHARES
751
VIEWS

२५ कात्तिक, सिरहा –  गोलबजार नगरपालिका–६ डोहटियाका ३८ वर्षीय संजय महतोलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।

गत वर्ष एक बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले डेढ बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले डेढ बिघाको फूल पनि कम भएको उनको भनाइ छ । महतोले भने, ‘गत वर्ष एक बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले डेढ बिघामा लगाएको झनै अपुग भयो ।’
कृतिम फूल प्रयोगकर्ता घटेपछि प्राकृतिक फूलमा आकर्षण बढ्दा जिल्लामा सयपत्री फूलको माग बढी भएको उनले बताए । तिहारको अवधिभर १२ हजार फूलको माला बिक्री हुने महतोको विश्वास छ । जसबाट रु छ लाखभन्दा माथि आम्दानी हुने उहाँले बताउनुभयो । महतोले ५ वर्षदेखि व्यवसायीकरुपमा सयपत्री फूलको उत्पादन गर्दै आएका छन् ।
महतोले युटुवको सहयोगबाट पुष्प खेतीको सुरुआत गरेका थिए । यसका लागि उनले शिक्षण पेसासमेत छोडे । दश वर्ष अगाडि उहाँले ढलकेवर स्थित एक निजि विद्यालयमा म्याथ र एकाउट विषय पढाउँथे । मानविकी सङ्कायमा स्नातकोतर गरेका महतोले कक्षा १० सम्मका विद्यार्थीलाई अध्यापन गराउँथे । तर, उनलाई शिक्षण पेसाले आत्मसन्तुष्टि भने दिन सकेन ।
उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुची हो । सानैदेखि फूल प्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरे यसले पनि मलाई खुसी, उत्साह र शान्ति दिन सकेन र छोडेँ ।’
महतोले फूल खेतीमा व्यावसायिक रुपमा लाग्ने सोचेका थिएन । आफूलाई चाहेको गन्तव्य पहिल्याए पुष्प किसान बन्ने निधो गरे । त्यसयता उनी फूलसँग नाता गासेर रमाउँदै छन् । यो व्यवसाय गर्नका लागि उहाँलाई श्रीमती गायत्री महतोको उत्तिकै साथ छ । उनीहरुका एक छोरी र एक छोरा छन् ।
फूलको माग पु¥याउन धौधौ

पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि महतो एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । १० हजार माला मात्र बेचे मुनाफा रु दुई लाख हुन्छ । डेढ बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पु¥याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने । बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरुपमा पुष्प खेती नगर्नुको उपज भएको महतोको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हास्यास्पद कुराबाहेक केही नभएको उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित