सिरहाको लहानबाट पेस्तोलसहित तीन युवक पक्राउ

हरियो पाटी

हरियो पाटी

542
SHARES
742
VIEWS

सिरहा, २१ कात्तिक- सिरहा प्रहरीले ९ एमएमको एकथान ब्राण्डिङ्ग अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेका छन्।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधार नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोलिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान गरपालिका १ सिङहिबाट सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३१ वर्षिय अनिल राम, सोही नगरपालिका ५ का ३० वर्षिय जीवान्द चौधरी र खड्ग नगरपालिका ४ का ३५ वर्षिय सञ्जयप्रसाद चौधरीलाई गएराती पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट दुई राउण्ड गोली लोडगरिएको पेस्तोलसहित एक लाख ८४ हजार दुई सय ५३ नगद, चार थान मोवाईल, नेपाल टेलिकमको २२ थान सिमकार्ड, एनसेलको सिमकार्ड २४ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्जकार्ड २६ हजारको र एक सय रुपैयाँ दरको ९६ हजार रुपैयाँको रिचार्ज बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए।

त्यसैगरी, प्रहरीले उनीहरु सवार स. ९ प ४९७ नम्वरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरुले कुन प्रयाजनको लागि हतियार बोकेर हिडेको भन्ने अझै खुलि नसकेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित