सप्तरीको बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य सहसंयोजक लागुअ‍ौषधसहित पक्राउ

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

कार्तिक २१ सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुअ‍ौषधसहित पक्राउ गरेको छ ।

नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

बाेदे बर्साइन नगरपालिका वडा नम्बर ५ का सह-संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताउनुभयो ।

त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित