काेशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

कार्तिक १७ काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले उप्रेती र जगेबुलाई मन्त्री बनाउनुभएको हो । एमालेले आफू र कांग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनुपर्ने माग गर्दै कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो । मन्त्रिपरिषद्‍मा गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित