कार्तिक १७ गाईघाट – त्रियुगा नगरपालिकाले जनप्रतिनिधि, शिक्षक र स्थानीय तहका कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनु पर्ने निणर्य कार्यान्वयनमा लाने भएको छ ।
नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न जनप्रतिनिधि, कर्मचारी र शिक्षका छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउने निणर्य गरेको हो
त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न निणर्यहरु गरेको नगर शिक्षा शाखाले जनाएको छ ।
शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना बालबच्चा सरकारी स्कुलमा अध्ययन गराउदा विद्यालयको शैक्षिक गुणस्तरमा केही न केही सकारात्मक प्रभाव पर्ने भएकाले उक्त निणर्य कार्यन्वयनमा ल्याईएको नगरप्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भयो ।
‘नगरशिक्षा समिति र नगरकार्यपालिकाबाट यस अघि नै यो निणर्य गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।’ नगरप्रमुख बस्नेतले भन्नु भयो ‘अब प्रधानाध्यापकहरुलाई नै राखेर निणर्य गराएका छौ, उहाँहरुले आ आफ्नो स्कुलका कार्यान्वयन गर्नु हुन्छ ।’
सरकारी विद्यालयका शिक्षकहरु अन्यत्र पढाउन जाने प्रबृतिलाई प्रतिबन्ध लगाउदै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले सामुदायिक विद्यालयबाहेक अन्यत्र पढाउन नपाउने निणर्य गरिएको नगर शिक्षा शाखा प्रमुख शिव कुमारी राउतले जानकारी दिनु भयो ।
शिक्षा शाखा प्रमुख राउतका अनुसार प्रधानाध्यापकहरुको बैठकले गरेको अर्को महत्वपूणर् निणर्य शुक्रबार बुक फ्रि डे घोषणा गरिएको छ । हप्ताको एकदिन अर्थात शुक्रबार अतिरिक्त क्रियाकलापको लागि बुक फ्रि डे लागु गर्ने निणर्य गरिएको छ । अब देखि त्रियुगा नगरपालिका क्षेत्रका सरकारी विद्यालयमा शुक्रबार कुनैपनि विद्यार्थीहरुले पाठ्यपुस्तक बोकेर विद्यालय जानु पर्दैन ।
त्यसैगरी विद्यालयको नाममा रहेको बेरुजु फछ्यौट गर्ने र समाजिक परिक्षण नियमित रुपमा समयमै गर्ने समेत निणर्य गरिएको छ ।
Discussion about this post