श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जना पक्राउ

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

कार्तिक १६ काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति लगायतका कागजात नक्कली बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको बारपाक सुलिकोट ४ घर भई अहिले वनस्थली बस्ने २३ वर्षका अजित फेवाली र रानीवन बस्ने विपिन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय नजिकै काठमाण्डौको सोल्टिमोडमा वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने ट्राभल्स चलाइरहेको र त्यही ट्राभल्सबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको १२ गते भिजिट भिसामा विदेश जान विमानस्थल पुगेका सुजल हेङ्गजुको कागजात शङ्कास्पद देखिएपछि उहाँलाई विमानस्थलबाट फर्काइएको थियो । अनुसन्धानको क्रममा सुजलको कागजात नक्कली भएको प्रमाणित भएको हो ।

नक्कली कागजात अजित र विपिनले बनाएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका विपिन र अजितको ट्राभल्सबाट मोबाइल, कम्प्युटर लगायतका सामानसमेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित