नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो फर्किए

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

कार्तिक १५ काठमाडौं – नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन्।

महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन्।

कतार एयरवेजको उडानमार्फत बुधबार बिहान गुटेरेस न्युयोर्क फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनी पनि गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित