सिरहामा गाँजासहित एकजना प्रहरी नियन्त्रणमा

हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

सिरहा, १३ कात्तिक। सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरको छ।

प्रहरीले धनगढीमाई नगरपालिका १३ बाबुराम खोलाबाट धनगढीमाई नगरपालिका ४ का ५० वर्षीय पदमबहादुर विश्वकर्मालाई १३ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

तयारी अवस्थामा रहेको गाँजा प्लास्टिकमा पोकारी भारततर्फ लग्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गाँजा सहित विश्वकर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए। पक्राउ परेका विश्वकर्मालाई लागूऔसध मुद्दामा सातदिनकाे म्यादथपगरि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित