तस्बिर : नेपाली सेना

काठमाण्डाै – फूलपातीको अवसरमा नेपाली सेनाले आज शनिवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, नेपाल सरकारका मन्त्री तथा सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । त्यस अवसरमा सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ भने विभिन्न कला कौशल पनि देखाएको छ । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको छ ।