नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

हरियो पाटी

हरियो पाटी

529
SHARES
725
VIEWS

कार्तिक ३ काठमाडौं – नेपाल प्रहरीमा साढे ३०० भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक ९इन्सपेक्टर० पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक ९असई० पदमा २६० जनाका लागि भर्ना खुलेको हो । दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ ।

प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ । प्रहरी निरीक्षक पदका लागि १ हजार २०० रुपैयाँ राजश्व बुझाउनुपर्नेछ ।

तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत ९२४० रुपैयाँ० थप दस्तुर लाग्ने छ । प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत ९१०० रुपैयाँ०को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ । प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित