सिरहामा १० दलित परिवारलाई पक्की घर हस्तान्तरण

हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

असाेज ३० सिरहा –  सिराहाको कर्जन्हा नगरपालिका– ४ भुल्के गाउँका १० मुसहर परिवारलाई नयाँ पक्की घर हस्तान्तरण गरिएको छ।

भुल्के गाउँमा सोमबार एक कार्यक्रमबीच कर्जन्हा नगरपालिकाका प्रमुख भोलाप्रसाद पोखरेल र उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले घरको साँचो सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका हुन्। घर हस्तान्तरण गर्दै नगरप्रमुख पोखरेलले निर्वाचनमा आफूले गरेको प्रतिबद्धताबमोजिम घर हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताए।

धनगढीमाई नगरपालिका– २ भवानीपुरस्थित भवानी एकीकृत विकास केन्द्रको सहजीकरणमा कर्जन्हा नगरपालिका क्षेत्रमा निर्माण गरिएका ५५ घरमध्ये पहिलो चरणमा कर्जन्हा– ४ का १० दलित परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष प्रताप विश्वकर्माले जानकारी दिए।

हरेक वर्षा र हिउँद कष्टकर रूपले बिताउँदै आएका मुसहर समुदायका दलितहरू दसैँको संघारमा पक्की घर पाएपछि खुसी भएका छन्।

भुल्के गाउँका दिवंगत रामपृत नायक र कारिचरन नायकको परिवारले प्रतिपरिवार ६ धुरका दरले निःशुल्क जग्गा उपलब्ध गराएपछि १० मुसहर परिवारका लागि घर निर्माण सम्भव भएको उपप्रमुख श्रेष्ठले बताइन्। उनका अनुसार केन्द्रको सहजीकरणमा कर्जन्हा– ३ मा पाँचवटा तथा ५, ८, ९ र १० नं. वडामा १०-१० वटाको दरले घर निर्माण भइरहेका छन्। आगामी १५ पुससम्म निर्माण सम्पन्न गरी सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिने उनको प्रतिबद्धता छ।

कर्जन्हा नगरपालिकाको आ.व. ०७९-८० मा फुसको छाना विस्थापित कार्यक्रमअन्तर्गत नगरपालिकाको एक करोड ७२ लाख ७३ हजार नौ सय २५ रुपैयाँ, हिल्टी फाउन्डेसनको सहयोगमा ह्याबिट्याट फर ह्युमानिटी नेपालको सुरक्षित आवास कार्यक्रमअन्तर्गत ५० लाख र लाभग्राही घरधनीहरूको ३९ लाख ३० हजार छ सय ९३ रुपैयाँबराबरको श्रमदान गरी दुई करोड ६२ लाख चार हजार छ सय १८ रुपैयाँको लागतमा निर्माण भइरहेकामध्ये १० घर हस्तान्तरण गरिएको हो। नायाँत्रिका बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित