आफ्नाे भविष्य अन्धकार देखेपछि कांग्रेस र माओवादीले एमालेकाे विराेध गरे : ओली

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर गर्नुभएकाे छ ।

नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै बुधवार अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गर्नुभयाे । एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको उहाँले बताउनुभयाे । माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई वटा पार्टीको भविष्य नरहेको ओलीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर विराेध भएकाे होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ, मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ, देशमा सुशासन ल्याउन सक्छ, शान्ति सुव्यवस्था कायम गर्नसक्छ । यही भएर कांग्रेस र माओवादी आत्तिएका छन् । आफ्नै भविष्य अन्धकार देख्न थालेर हामीसँग आत्तिएका छन् । तपाईँहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईँहरूको भविष्य छैन । नसच्चिए त तपाईँहरूको भविष्य अन्धकार भएर जाने नै हो ।’

अध्यक्ष ओलीले युवाहरूमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनुभयो । उहाँले २०८४ सालकाे चुनावका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित