ईजरायलबाट प्रविण भन्छन् दुबै खुट्टामा गोली लाग्यो, अस्पतालमा छु

हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

असाेज २२काठमाडौं –  इजरायलमा गोली लागेर घाइते भएका दाङका प्रविण डाँगी परिबारको सम्पर्कमा आएका छन् । इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासले आक्रमण गरेसंगै उनी सम्पर्कविहीन भएका थिए ।

खुट्टामा गोली लागेर हिजोदेखि सम्पर्कविहीन दाङको दंगीशरण गाउँपालिका वडा नं ३ हेकुलीका २३ वर्षीय प्रविण डाँगीले आफ्ना बुवा संग अस्पतालबाट कुराकानी गरेको परिबारले पुष्टि गरेको छ ।

छोरा सम्पर्क विहिन भएपछि तनाव र अतास भोगका परिबार छोरो सम्पर्कमा आएपछि तनाव भने केही कम भएको छ । दुवै खुट्टामा गोली लागेका कारण घाइते अवस्थामा रहेको र अपरेशनको तयारीमा रहेको छोराले बताएको निमबहादुरले जनाएका छन् । ‘छोरासँगै भिडियो कुरा भयो, नर्सको मोबाइलबाट गरेको बताए, खुट्टामा गोली लागेकाले अब अपरेशन गर्ने तयारी रहेछ’, निमबहादुरले भने ।

कृषिमा स्नातक गरेका डांगी सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका अन्तरगत ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत गत भदौ २३ गते इजरायलको गाजामा पुगेका थिए ।

दंगीशरण गाउपालिका वडा नं ३ का वडाध्यक्ष शुकलाल चौधरीका अनुसार इजरायलको अस्पतालबाट उनले भिडियो कल गरेका थिए । बाबु सम्पर्कमा आए, त्यहिँको अस्पतालको नर्सको मोवाइलबाट भर्खरै भिडियो कल भएको छ, ‘म पनि उनको बुबासँगै छु’, चौधरीले भने ।

डांगीका बुवा निमबहादुरका अनुसार प्रविणसंगै दाङ तुलसीपुर उपमहानगरपालिका – ११ उरहरीका एक युवा र उनका अन्य १ जना साथीसमेत सँगै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1