दुर्गा प्रसाईंलाई कालोमोसो

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

असाेज २२काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्।

प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको सेतोपाटीलाई बताए।

उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ। प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित