३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

  सिरहा, अशोज २० सिरहा मिथिलामा असोज महिनाको कृष्ण पक्षको अष्टमीदेखि नवमी तिथीसम्म मनाइने जितिया पर्व बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको छ ।

ज्यातिषशास्त्र अनुसार हिन्दू धर्ममा महिलाहरूले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ।  यो व्रत सन्तान प्राप्तिकालागी मात्र नभई सन्तानलाई दुःख, पीडा र समस्याबाट बचाउँनेछ भन्ने आस्था रहँदै आएकोले अर्को शब्दमा जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै विहिवार नजिकैको पोखरी तथा तलाउमा नुहाएर  घिरौलाको पातमा , तोरीको तेल , सिन्दूर, तोरीको पीना (खैर ), मेहन्दीको पात, फूल आदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाएर शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने राजविराज-७ की व्रतालु महिला साधना कर्णले बताउनुभयो ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जिमुतवाहन देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने , कथा सुन्ने गरिन्छ । शनिबार विहानै पुनः केराको पातमा दही च्यूउरा , फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया केराको पातमा गएर सम्पन गरिने चलन रहँदै आएको अग्निसाइर कृष्णसवरण-४ कि व्रतालु कल्पना चौधरी बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित