गोलबजार व्यवसायीको माँग सम्वोधन नभए थप आन्दोलन गर्ने चेतावनी

हरियो पाटी

हरियो पाटी

656
SHARES
898
VIEWS

सिरहा, १७ असोज-  सिरहाको गोलबजार अनुगमनको क्रममा भएको विवादले उग्ररुप लिएपछि आक्रोसित स्थानीय व्यवसायीहले २४ घण्टे अल्टिमेटम दिएको छ।

बजार अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय लहान र गोलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको संयुक्त टोलिले व्यसायीलाई पारेको समास्या समाधानका लागि सम्वन्धीत निकायलाई २४ घण्टे अल्टिमेटम दिएको हो।

व्यसायीहरुले प्रेस विज्ञप्ती जारी गरेको विज्ञप्तीमा संयुक्त अनुगमन टोलिले पसल अनुगमनको नाममा व्यापारीहरुलाई अनावश्यक दुःख दिने नियतले जरिवाना गरी मानसिक तथा आर्थिक यातना दिँदै आतङक मचाएको भन्दै  स्थानिय व्यापारीहरु र अनुगमनटोली विच भनाभनको स्थिती सिर्जना भएको थियो ।

जरी विज्ञप्तीमा उद्योग व्यापार संघ गोलवजारका प्रतिनिधिले घटनामा समन्वय गर्न खोज्दा अनुगमनटोलीका कर्मचारीहरुले उल्टै व्यापार संघका प्रतिनिधि तथा व्यापारीहरुलाई कानुनी फन्दामा पार्ने धम्की दिएको प्रति उधोग व्यापार संघ गोलवजारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

व्यसायीहरुले अनुगमन टोली र नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले चाडपर्वको वेलामा व्यसायीलाई दुखदिने नियतले घटाएको घटना प्रति घोर भत्र्सना गर्दै सो घटनाले व्यापारीहमा पर्न गएको मानसिक त्रासलाई वार्ताद्धारा सम्वोधन गर्नको लागी सम्वन्धित निकायहरुलाई २४ घण्टे अल्टिमेटम दिएको बताएको छ।

तोकिएको समयसीमाभित्र व्यसायीहरुको माँग सम्वोधन नभए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

व्यसायी र अनुगन टोलिविच भएको तनावपछि स्थानीय व्यवासायीले बजारबन्द गरेर एक घण्टा पूर्वपश्चिम राजमार्ग मन्द गरेका थिए।

यता अनुगमन टोलिले भने शान्तिपूर्ण रुपमा बजार अनुगमनको क्रममा आफूहरुमाथि हातपात र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पु¥याएको भन्दै कानुनी उपचार खोजने बताएका छन । नियमित बजार अनुगमनको क्रममा आफूहरुमाथि भएको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग समेत गरेका छन्।

अनुगमनकाे क्रममा आक्रोसित व्यसायीले घरेलु उद्योग तथा साना उद्योग कार्यालय लहानका उद्योग अधिकृत दिपेन्द्र कुमार यादवलाइ दुर्ववहार गरेको  जनाएका छन्।

बजार अनुगमन टोलीमा गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साह, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालयका लहानका प्रतिनिधि लगायतका रहेका थिए।

GBR3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित