सिरहामा बस दुर्घटना : दुईको मृत्यु २६ जना घाईते,

हरियो पाटी

हरियो पाटी

564
SHARES
773
VIEWS

सिरहा, १४ असोज। सिरहामा भएको बस दुर्घटनामा परी दुईजनाको जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

सिरहाको गोलबजार नगरपालिका ९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना. ४ ख ६१८७ नम्वरको बस शुक्रवार अपरान्ह दुर्घटनाहुँदा मिर्चैया नगरपालिका २ का ४० वर्षिय राजकुमार सदा र जनकपुरधाम नगरपालिका २० का ५० वर्षिय अनिल कुमार सदायको मृत्यु भएको हो।

घाइतेहरुको गोलबजारको लङ्ग लाइफ अस्पतालमा दस जना, भूमिजा अस्पतालमा १२ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुईजना र लहानमा एक जनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिए।

‘अहिलेसम्म सम्पर्कमा आएका २६ जना विरामी भए पनि अझै घाइते हुनसक्छ, कतिपय विरामीहरु एम्वुलेन्सले लगेर विभिन्न अस्पतालहरुमा उपचार गराईरहेकाले विवरणहरु प्राप्त भईरहेको छ; सूचना अधिकारी पाण्डले भने।

सदायको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा र झाको शव लहान प्रादेशिक अस्पतालमा राखिएको छ।

विग्रीएको बाटोमा अनियन्त्रीत भई बस पल्टिएको हुसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित