कमल दह प्रचार प्रसारकाे ओझेलमा

Picture of हरियो पाटी

हरियो पाटी

553
SHARES
757
VIEWS

असाेज १३ सिरहा –सिरहा प्रचुर सम्भावना बाेकेकाे कमल दह प्रचार प्रसारकाे अभाव तथा सम्बन्धित निकायले ध्यान नदिँदा ओझेलमा परेकाे छ ।

सिराहा जिल्लाकाे मिर्चैया नगरपालिकाबाट मात्र १० किलाेमिटर चुरे क्षेत्रमा अवस्थित कमल दह करिब ४०  विघा क्षेत्रमा फैलिएकाे छ ।

वर्षाकाे बेला याे दह पूरै कमलकाे फूलले ढाकिएकाे हुन्छ । याे बेला दह निकै आकर्षक देखिन्छ ।

कमल दहमा रहेकाे हनुमान मन्दिरका स्थानीय पुजारी राजदेव राउतका अनुसार दहकाे सीमा अतिक्रमणकाे चपेटामा परेकाे छ । बेला-बेला नेपाली सेनाले दहकाे सरसफाइ गर्ने गरेकाे छ । तिहारकाे ११ दिनपछि यहाँ एकादशी मेला लाग्छ ।

सम्बन्धित निकायले उचित ध्यान दियाे भने कमल दह प्रदेश २ काे प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित