सिरहा,५ असोज- सिरहाकाे गोलबजारमा बजार अनुगमनको टोली आऊने सूचना पाउने बीतिकै ब्यापारिहरको बिहिवार र शुक्रबार भागा-भाग भएको थियाे ।
जिल्लाकाे कपडा मार्केटिंगको रूपमा पहिलो मानिने गोलबजारका कतिप्य बेपारिहरुलेत ब्यापार संघको कुनै कामै नरहेको बताए । व्यापार संघ गाेलबजारका अध्यक्ष बिजय साहले ब्यापारिहरुकाे हक हितमा हाल सम्म कुनै काम नगरेको ब्यापारि हरुको आरोप छ ।
बजार अनुगमनको टोली आऊने सूचना पाउने बीतिकै ब्यापारिहरूको भागा-भाग भएको कपडा किन्न गएका सिरहा १० का रामसुन्दर यादवले बताए। ग्राहक भन्छन ,अनुगमन टोली आउदा बजार बन्द हुनु,व्यापार संघको ठुलो कमजोरी रहेको बताए ।
राजस्व अनुसन्धानको टोली आउदै गरेको सूचना पाउदा गोलबजारमा सुन पसल ,कपडा पसल देखी खाद्यान्न सामग्री सम्मको पसल बन्द भएको थियो,तर त्यासप्रति उधयोग व्यापार संघ गोलबजारले कुनै चांसो नदेखाएको ब्यापारिहरको आरोप छ ।
यता,उधयोग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह भनछन,बजारमा कुनै पनी किसिमको अनुगमन नआएको बताए। साहले भने,ककेहि व्यापारीहरुले अफ़्वाह फैलाएको कारण सम्पूर्ण ब्यापारिहरूले पसल बन्द गरेको जनाए। अध्यक्ष साहले बजार व्यवस्थापन गर्ने बिषयमा ब्यापारिहरू र आउने अनुगमन टोली संग छलफल गर्ने जनाए । तर राजस्व अनुसन्धान कार्यालय इटहरीकाे टोलिले मिर्चैया नगरपालिका ५ संस्थाचौकमा रहेको कल्याण ट्रडेसमा छापा मार्न आएको इटरी प्रमुख सुरेश आचार्यले जानकारी दिए।
गोलबजारको पसल हरु बन्दहुदा दुई दिनमा एक करोडको बेपार घाटा भएको ब्यापारीहरु बताउछ ।
Discussion about this post