तीनकुेनमा चार जनाकाे सामुहिक हत्यामा संलग्न चार जना पक्राउ

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

हत्या भएका चारमध्ये तीन जना एकै परिवारका, हत्यामा संलग्न लागु औषधको दुर्व्यसनी

भदौ ३० काठमाडौँ – महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति चार जनाको सामुहिक हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

हत्यापछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका २८ वर्षीय दीपेन्द्र राई लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रबार बेलुका करिब १० बजे तिनकुनेस्थित दिब्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नविन राईको हत्या भएको थियो ।

हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नविन भने मिलमा आउने–जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे । प्रहरीका अनुसार हत्यामा २८ वर्षीय दीपेन्द्र राई सहित अन्य पनि संलग्न छन् । उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ । जसमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गर्नु अघि उनीहरु तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले घटनामा संलग्न थप तीन जना पक्राउ परेको बताए । उनले भने, ‘मिलमा सामुहक हत्या गरिएको देखिन्छ । जसमध्ये दीपेन्द्र राई पक्राउ परेका छन् । उनीहरुसँगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ। उनीहरु विरुद्ध अनुसन्धान सुरु भएको छ । के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान पछि खुल्ला ।’

प्रहरीका अनुसार हत्यामा संलग्न दीपेन्द्र मृतक नविनको काकाको छोरा हुन् । हत्या गरिएका कुमार बिगत १५ बर्षदेखि उक्त मिलमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित