भाद्र १८सिरहा – सिरहा गरिबलाई उठीबास लगाउने सिरहाकी मिटरब्याजी सुजाता साहलाई अदालतले पूर्पक्षका लागि जेल पठाएको छ । जिल्ला अदालत सिरहाले उनलाई आइतबार पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
न्यायाधीश मनोज केसीको इजलासले ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता गत श्रावण २४ गते साँझ पक्राउ परेकी थिइन् ।
उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।
Discussion about this post